Like us!
Follow us!
Connect us!
Watch us!

बीमा नियामकको दुरदशा - चार वर्षे कार्यकालको नेतृत्व एक आर्थिक वर्षमै चार पटक परिवर्तन

अर्थ संसार

बुधबार, ३२ असार २०८२, १३ : ४९ मा प्रकाशित

बीमा नियामकको दुरदशा - चार वर्षे कार्यकालको नेतृत्व एक आर्थिक वर्षमै चार पटक परिवर्तन

बीमा प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । नियुक्त भएको मितिले कुनै भवितव्य अवस्था नआएसम्म बीमा क्षेत्रको नियामकको कार्यकाल ४ वर्षको हुन्छ । स्वास्थ्यमा समस्या तथा अन्य केही कारणले राजीनामा दिएमा वा मृत्यु भएमा उक्त पद खाली हुन्छ र अर्को व्यक्ति नियुक्ति हुन्छ । 

कुनै पनि क्षेत्रको स्थायित्वका लागि पुरा कार्यकाल नेतृत्व गर्न पाउनु पर्ने हुन्छ । तब मात्रै कुनै पनि नेतृत्वकर्ताले त्यसबाट परिणाम निकाल्ने गरि काम गर्न सक्छ । अन्यथा उसले आफ्नो योजना मुताविक काम गर्न सक्दैन । यस्तो अवस्था देखिएको छ पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षको । प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्ष हुने कानुनी व्यवस्था छ । तर, चालु आर्थिक वर्षमा नै प्राधिकरणले ४ वटा अध्यक्ष पाइसकेको छ ।यसरी हेर्दा एक अध्यक्षको कार्यकाल जम्मा ३ महिनाको देखिन्छ । अझै दुखत पक्ष त के भने प्राधिकरणमा ४ जना अध्यक्ष बनेको २०८१ मंसिर २४ गते पछि मात्रै हो । यो सात महिनाको अवधिमा दुई अध्यक्ष निलम्बन भए भने दुई जना अर्थमन्त्रालका कर्मचारीहरुले केही समयका लागि नेतृत्व गर्ने अवसर पाए ।

चालु आर्थिक वर्षमा सूर्य सिलवाल, मदन दाहाल, शरद ओझा र सेवन्तक पोखरले प्राधिकरणको नेतृत्वमा पुगेका छन् ।  कार्यकाल सकिन केही समय मात्रै बाँकी रहेको अवस्थामा २०८१ साल मंसिर २४ गते तत्कालीन अध्यक्ष सूर्य सिलवाल निलम्बनमा परे । त्यस पछि अर्थमन्त्रालय सह सचिव मदन दाहाललाई प्राधिकरणको नेतृत्वमा पठायो । उनले शरद ओझा अध्यक्षमा नियुक्त नहुँदासम्म अध्यक्षको जिम्मेवारी पुरा गरे । २०८१ सालको फागुन १२ गते सरकारले बीमा प्राधिकरणको अध्यक्षका रुपमा शरद ओझालाई नियुक्त गरेको थियो । तर गत सोमबार (असार ३० गते) सरकारले उनै ओझालाई निलम्बन गर्‍यो । उनी नियुक्तिको साढे ४ महिनामै निलम्बनमा परेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ओझाको कार्यसम्पादन र योग्यता छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन समिति बनेसँगै ओझा स्वत निलम्बनमा परेका हुन् ।  ओझा निलम्बनमा परे पछि अर्थमन्त्रालयले मन्त्रालयका सह सचित सेवन्तक पोखरेललाई प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी दिएर पठाएको छ । उनले मंगलबार सथप ग्रहण गर्दै पदभार समेत ग्रहरण गरेका छन् । 

नियामक निकायको नेतृत्व छिटो छिटो परिवर्तन हुँदा सम्बन्धित क्षेत्रले सोचे जस्तो काम गर्न नसक्ने र अस्थिरता आउने जानकारहरुको भनाइ छ । प्राधिकरणका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईँ पनि अस्थिरता बढ्ने बताउँछन् । उनका अनुसार छिटो छिटो नियामको नेतृत्व फेरिदा बजारले स्थायित्व नपाउने र परिणाम आउने गरि काम गर्न कठिन हुन्छ । 

नियामक निकायको प्रमुखलाई छोटो समयमा परिवर्तन गर्दा यसले समग्र बीमा क्षेत्रको मनोबल कमजोर बनाउने बीमा विज्ञ रविन्द्र घिमिरेको भनाइ छ । सरकार नै अस्थिर भएको अवस्थामा सबै क्षेत्र अस्थिर हुने भएकाले बीमा क्षेत्रमा पनि त्यसको प्रभाव परेको उननले बताए । ४ महिना पहिले नियुक्त गरेको र अहिले फेरि छानविन गर्न समिति बनाउँनुले सरकारको नियमा नै शंका गर्नु पर्ने अवस्था सिर्जना भएको घिमिरे बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको