Like us!
Follow us!
Connect us!
Watch us!

शरद ओझाले सरकारविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा

अर्थ संसार

सोमबार, १२ साउन २०८२, १४ : २१ मा प्रकाशित

शरद ओझाले सरकारविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा

नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदबाट निलम्बित शरद ओझाले सरकारविरुद्ध दायर गरेको रिट आज साउन १२ गते सर्वोच्च अदालतमा सुनुवाइका लागि हेर्न नभ्याइनेमा राखिएको छ।

ओझाको रिट आज सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको थियो, तर यो विषयमा आज कुनै निर्णय हुन सकेन।

नेपाल सरकारले ओझाको कार्य क्षमता र आचरण सम्बन्धी प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि उनलाई बीमा प्राधिकरणको अध्यक्ष पदबाट निलम्बन गरेको थियो। यसै विषयलाई चुनौती दिँदै ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध संयुक्त रिट दायर गरेका छन्। रिटमा छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाइएको छ।

ओझाले छानबिन समिति खारेजीसँगै निलम्बन फुकुवा गर्न माग गर्दै साउन ८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। यस रिटको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल सरकार र अन्य विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेका थिए। आजको पेसी पुनः तोकिएको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको