साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले बढेको बजार आज ३४ दशमलव ६१ अंकले बढेर २७९४ दशमलव ७८ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२५ प्रतिशतले धेरै हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८६ अंकले बढेर ४८९ दशमलव २७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । आज सेयर बजारमा १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर ९९ पटक ५०५ पटक खरिद बिक्री हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ लाख ८८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज केविएल डिबेन्चर २०९० र थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस