Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सुनचाँदीमा २ प्रतिशत विलासिता कर कार्यान्वयनमा

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, १२ : ०८ मा प्रकाशित

आजदेखि सुनचाँदीमा २ प्रतिशत विलासिता कर कार्यान्वयनमा

सरकारले सुनचाँदीमा लगाएको २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा आएको छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट मार्फत सुन चाँदीमा २ प्रतिशत विलासिता कर लगाएको थियो । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै यो व्यवस्था पनि कार्यान्वयनमा आएको हो । 

बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा व्यवस्था गरिएको छ । अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्नेछ । 

उक्त कर खारेजी गर्न माग गर्दै अहिले व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन । अहिले सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ छ । विलासिताबापतको २ प्रतिशत जोड्दा ग्राहकले सो मूल्यमा थप २ प्रतिशत करिब ३ हजार ८३६ रुपैयाँ थप तिर्नुपर्छ । प्रत्येक कारोबारमा यस्तो लाग्दै जाने व्यवस्था छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको