Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक लगातार उच्च अंकको वृद्धि, आज ७५ अंकले बढ्यो, कारोबार रकम १६ अर्ब माथि

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, १५ : २४ मा प्रकाशित

नेप्से परिसूचक लगातार उच्च अंकको वृद्धि, आज ७५ अंकले बढ्यो, कारोबार रकम १६ अर्ब माथि

सेयर बजार पछिल्ला तीन दिन लगातार रुपमा उच्च अंकले बढेर कारोबार भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक ७५ दशमलव ८४ अंकले बढेर २८७० दशमलव ६३ विन्दुमा पुगेको हो । 

आज सेयर बजार अघिल्लो दिनको भन्दा २.७१ प्रतिशतले वृद्धि भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २२ अंकले बढेर ५०० दशमलव ४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

परिसूचकसँगै कारोबार रकममा पनि आज वृद्धि भएको छ । अघिल्लो दिन १४ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे १६ अर्ब भन्दा माथिको कारोबार भएको हो । आज सेयर बजारमा ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १ लाख ४१ हजार ४३४ पटक खरिद बिक्री हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
आज कारोबार भएका कम्पनीमध्ये ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको