अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि ९५ बुँदे निर्देशन जारी गरेको छ। ‘बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन’ शीर्षक दिइएको यस निर्देशनमा बजेट खर्चदेखि वित्तीय पारदर्शिता र जवाफदेहितासम्मका विविध आयामहरू समेटिएका छन्।
निर्देशनमा बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति र बजेट बाँडफाँट, आयोजना तथा कार्यक्रमको हस्तान्तरण र कार्यान्वयन, रकमान्तर, कार्यक्रम संशोधन, प्रतिवेदन व्यवस्थापन, पारदर्शिता, अनुगमन लगायतका विषयहरूलाई उपशीर्षकसहित विस्तृत रूपमा उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार, सार्वजनिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी खर्चलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयन प्रक्रिया स्पष्ट, संयोजित र उत्तरदायी बनाउन निर्देशन जारी गरिएको हो। यसले सबै मन्त्रालय, विभाग, कार्यालय तथा निकायहरूलाई बजेट कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्य लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस