Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई गोल्ड अवार्ड

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १६ : ५१ मा प्रकाशित

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई गोल्ड अवार्ड

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । निर्जिवन बीमामध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेशनल बेष्ट प्रेसिडेन्ट एनुअल रिपोर्ट अवार्ड २०२४ का लागि सम्मानित भएको छ । कम्पनी गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल र्‍याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको