ग्लोबल आइएमई क्यापिटल लिमिटेडको म्युचुअल फण्ड ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई बाँडफाँड भएको छ । ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि असार २७ गतेसम्म सार्वजनिक गरेको इकाई आज बाँडफाँड गरिएको हो ।
ग्लोबल आइएमई बैंक लि. कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल लि. योजना व्यवस्थापक रहेको यो योजनाको प्रति इकाई अंकित मूल्य रु.१०÷– दरको १० करोड २० लाख इकाई निष्काशन गरिएको थियो । माग भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएकोले इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गरिनेछ भन्ने व्यवस्था अनुसार योजनाको इकाई थप गरिएको छ ।
निष्काशित इकाई १२,००,००,००० को २५ प्रतिशत अर्थात ३,००,००,००० इकाई थप गरी १५,००,००,००० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। बाँडफाँड गरिएको कूल १५,००,००,००० इकाई मध्ये १५ प्रतिशत इकाई बीज पूंजीको रुपमा बाँडफाँड गर्नुपर्ने व्यवस्था भएकोले सो मध्ये कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लि. लाई १३.५० प्रतिशत अर्थात २,०२,५०,००० इकाई तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि. लाई १.५० प्रतिशत अर्थात २२,५०,००० गरी जम्मा २,२५,००,००० इकाई असार ३० गते बाँडफाँड गरिएको क्यापिटलले उल्लेख गरेको छ।
क्यापिटलका अनुसार बीज पूंजी बापत छुट्याइएको इकाई बाँडफाँड गरे पश्चात् बाँकि रहेको १२,७५,००,००० इकाई बाँडफाँड गर्ने प्रयोजनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि.को सि–आस्वा प्रणाली मार्फत ३५,८०२ वटा आवेदनहरुबाट १३,०९,३३,५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा ती आवेदनहरुको आवश्यक रुजू तथा भेरिफिकेशन पश्चात् एवं सि–आस्वा प्रणालीको म्गउष्अिबतभ ऋष्तष्शभलकजष्उ च्भउयचत अनुसार २६ जना आवेदकहरुले ५२ वटा आवेदनहरु मार्फत ७५०० इकाईको लागि दिएको दोहोरो आवेदन रद्द गरी ३५,७५० जना आवेदकहरुबाट रीतपूर्वक प्राप्त भएको १३,०९,२६,०१० इकाई बाँडफाँड गरिएको छ । जस अनुसार ३५, ७५० जना आवेदकहरु मध्ये ३५,७४८ जना आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै ११,०९,२६,०१० इकाई तथा २ जना आवेदकहरुलाई समानुपातिक रुपमा १,६५,७३,९९० इकाई गरी जम्मा १२,७५,००,००० इकाई बाँडफाँड गरिएको छ ।
निष्कासन तथा बिक्री खुल्ला भएको छैठौ दिनमा १० वर्षे अवधिको दोस्रो बन्दमुखी योजना “ग्लोबल आइएमई समुन्नत योजना–२ (Global IME Samunnat Yojana II) को लागि माग भन्दा अधिक संख्यामा आवेदन प्राप्त भई इकाईको आकारलाई पचीस (२५) प्रतिशतसम्म वृद्धि गरी बाँडफाँड गर्न सफलता मिलेको क्यापिटलले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस