बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडको आईपीओमा भोलिदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले पहिलो चरणका लागि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि भोलि (साउन ६ गतेदेखि) आईपीओमा आवेदन खुला गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितापत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता निष्कासन गर्न लागेको हो । आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा तनहुँको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ । जसअनुसार घटीमा १ हजार र बढीमा २० लाख रुपैयाँसम्म लाग्नेछ । वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम मिति साउन ९ गतेसम्म मात्रै रहेको छ तर त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २० गतेसम्म लम्बिनेछ । यता आयोजना प्रभावितले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ४ गतेसम्म लम्बिनेछ । पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड भएपछि दोस्रो चरणमा सर्वसाधारणलाई समेत आईपीओ निष्कासन गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस