Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १४ : २६ मा प्रकाशित

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार अग्रवाललाई टोखाबाट पक्राउ गरिएको हो । ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई २२ करोड ठगीको अरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

सेयर बजारमा धेरै लगानीकर्ताले आदर्श मान्ने गरेका अग्रवालले सामाजिक सञ्जालको प्रयोग गरेर सेयर मूल्य घटबढ गराउने गरेको आरोप लाग्ने गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको