Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, १० : ३६ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर तोलाको १ हजार ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर २ हजार ३२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको