Like us!
Follow us!
Connect us!
Watch us!

भूगोल इनर्जीको विशेष साधारणसभा साउन २२ गते, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, १२ : १६ मा प्रकाशित

भूगोल इनर्जीको विशेष साधारणसभा साउन २२ गते,  बुक क्लोज कहिले ?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिठेडको विशेष साधारणसभा साउन २२ गतेका लागि बोलाइएको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिबको बैठकले साउन २२ गतेका लागि साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा काजीको किचन पुरानो बानेश्वर काठमाडौंमा विहान ९ बजेदेखि सुरु हुने छ । सभाले कम्पनीको हाल कायम चुक्त पुँजीको १ः१ अनुपादमा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारमा सञ्चालक समितिले गरेको निर्णय पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने गरि प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव समेत सभाले पारीत गर्ने छ । 

सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार साउन १३ गतेसम्म नेप्सेमा सेयर कारोबार गरेका सेयरधनीहरुले सभामा भाग लिन पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको