Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ३ हजार विन्दु नजिक, कारोबार २० अर्ब माथि

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, १५ : १३ मा प्रकाशित

सेयर बजारमा ३ हजार विन्दु नजिक, कारोबार २० अर्ब माथि

साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज नेप्से परिसूचक ८१ दशमलव ७७ अंकले बढेर कारोबार भएको हो । 

आजको उच्च वृद्धिसँगै नेप्से परिसूचक ३ हजार विन्दु नजिक पुगेको छ । आज नेप्से परिसूचक २९७४ दशमलव ५० विन्दुमा पुगेको हो । आज परिसूचक अघिल्लो दिनको भन्दा २.८२ प्रतिशतले बढेको हो । 

आज सेयर बजारमा २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ५८ अंकले बढेर ५१७ दशमलव ०८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

 

आज सेयर बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन १६ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज २० अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर १ लाख ७७ हजार १०१ पटक खरिद बिक्री हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँ बराबरको कारोबार भएको छ । 
आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

नोट : १५ मिनेट पछि एभरेजिङ हुने भएकाले अंकमा केही तलमाथि हुन सक्छ । 
 

687f59f6aab9a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको