Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १० : ४६ मा प्रकाशित

सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४०.६३ प्रतिशतले नाफा वृद्धि भएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा यो कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २ करोड १२ लाख रुपैयाँ मात्रै थियो । कम्पनीको खुद नाफा र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशत र अन्य सञ्चालन आम्दानी २७.५५ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०९.५९ प्रतिशतले बढेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ४४ पैसा बढेर ४१ रुपैयाँ ८१ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.२२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६२ पैसा रहेको छ ।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ सापटी तथा ४६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको