आइसिएफसि फाइनान्स लिमिटेडले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । फाइनान्सले आज एक सूचना जरी गर्दै ५ वर्षभन्दा पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको हो ।
आर्थिक वर्ष ०७४/७५ को नगद लाभांश हालसम्म पनि केही सेयरधनीले नलिएकाले सेयरधनीलाई काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखेर लाभांश लिन आग्रह गरेको हो ।
अबको एक महीनाभित्र पनि लाभांश नलिएमा सम्बन्धित सेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस