मंगलबार सेयर बजार परिसूचक ३ हजार विन्दु माथिमा पुगेर बन्द भएको छ । आज कारोबार बन्द हुँदा नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेको हो ।
आज सेयर बजार अघिल्लो दिनको भन्दा १.०३ प्रतिशतले वृद्धि भएको हो । आज सेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३.६६ अंकले बढेर ५१८.५९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ ।
परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन १९ अर्ब माथिको कारोबार भएको बजारमा आज १८ अर्ब ५२ करोड ९३ लाख २२ शजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १ लाख ५७ हजार ५२५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस