साना किसान लघुवित्तको सञ्चालकमा यज्ञ प्रकाश न्यौपाने नियुक्त भएका छन् । संस्थापक सेयरधनी कृषि विकास बैंक तर्फबाट उनी सञ्चालकमा नियुक्त भएका हुन् ।
यस अघि कृषि विकास बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका डा. बाबुकाजी थापा सेवा निवृत्त भए पछि उनको स्थानमा न्यौपाने लघुवित्तको सञ्चालकमा नियुक्त भएको कम्पनीले जनाएको छ । उनले साउन १३ गते सञ्चालकको पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस