स्वस्तिक लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले पहिलो चरको आईपीओ शुक्रबार बाँडफाँड सम्पन्न गरेको हो ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आईपीओ बाँडफाँड सम्पन्न गरिएको हो । पहिलो चरणको आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरेको छ । जसमा गोलाप्रथाबाट २ हजार ३१० जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले पहिलो चरणमा २३ हजार १ सय कित्ता सेयर निष्काशन गरेको थियो । यो आईपीओ बाँडफाँड भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस