Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नाफामा ४६% वृद्धि, सञ्चालन मुनाफा ६४% उकालो

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, ०७ : १९ मा प्रकाशित

एनएमबि बैंकको नाफामा ४६% वृद्धि, सञ्चालन मुनाफा ६४% उकालो

एनएमबि बैंक लिमिटेडको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा ४६.२२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ३ अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो।

वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी पनि २१.६२ प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख रुपैयाँमा पुगेको छ।

बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ६४.४६ प्रतिशतले उकालो लागेको छ। इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेकोले मुनाफामा थप सकारात्मक प्रभाव परेको हो।

असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा पुगेको छ। नाफासँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६६ पैसाले बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ। गत वर्षको अन्त्यसम्म मूल्य-आम्दानी अनुपात १५.१० गुणा र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको