Like us!
Follow us!
Connect us!
Watch us!

९.७१ प्रतिशतले बढ्यो कालिका पावरको नाफा, इपीएस कति ?

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, १२ : ४९ मा प्रकाशित

९.७१ प्रतिशतले बढ्यो कालिका पावरको नाफा, इपीएस कति ?

गत आर्थिक वर्षको अन्तिमसम्ममा कालिका पावर कम्पनी लिमिटेडको नाफामा सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा नाफा ९.७१ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको चौथो त्रैमासिकसम्म ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २.२५ प्रतिशतले बढ्दै १९ करोड ५९ लाख पुगेको छ । कम्पनीले यो अवधिसम्म १४ लाख ३१ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ८६ लाख ६७ हजार रुपैयाँ र वित्त खर्च ९६ लाख ४७ हजार रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ५८ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ९१ लाख र कुल चालु दायित्व ८२ लाख ५० हजार रुपैयाँ छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.३७ रुपैयाँ, तरलता अनुपात १४.४४ प्रतिशत र मूल्य आम्दानी अनुपात ५३.८१ गुणा कायम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको