Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम ७ अर्ब नजिक

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, १५ : १० मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम ७ अर्ब नजिक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २६.२२ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ । 

आज बजारमा ३२३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ९१ करोडको कारोबार भएको हो।

आज सबैभन्दा ठूलो गिरावट लघुवित्त समूहमा देखिएको छ, जसको सूचकांक १.५८ प्रतिशतले घट्यो। त्यस्तै, फाइनान्स समूह १.२५ प्रतिशत, जलविद्युत समूह १.१७ प्रतिशत, वाणिज्य बैंक समूह ०.९१ प्रतिशत र विकास बैंक समूह ०.५८ प्रतिशतले घटेका छन् ।

आज २४ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि २२५ कम्पनीको मूल्यमा गिरावट आयो। आज नेपाल रिइन्स्योरेन्सको कारोबार २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ। हिमालयन रिइन्स्योरेन्सको कारोबार २३ करोड ९६ लाख रुपैयाँ भयो।

यसदिन सिटी होटलको सेयर मूल्यमा मात्र सकारात्मक सर्किट लागेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको