Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा गिरावटको यात्रा जारी, कारोबार रकम पनि निरन्तर घट्दै

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १५ : १५ मा प्रकाशित

सेयर बजारमा गिरावटको यात्रा जारी, कारोबार रकम पनि निरन्तर घट्दै

सेयर बजारमा गिरावट आउने क्रम बुधबार समेत निरन्तर रह्यो । १०.५० अकंले घटेको बजार २७८५.७४ बिन्दुमा झरेको छ । आज ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोडको कारोबार भएको हो ।

आज बजारमा ६ उपसूचकमा हरियाली देखिएपनि ७ उपसूचक भने राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, हाइडोपावर समूहको ०.२१ प्रतिशतले घटेको छ ।

बुधबार ८९ कम्पनीको सेयरमूल्य बढेको छ भने १५९ कम्पनीको घटेको हो ।

आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको