सन नेपाल लाइफ इन्स्योरेन्सको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसा अघिल्लो आवको भन्दा ५.६५ प्रतिशतले नाफा घटेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यो कम्पनीको नाफा ५७ करोड ४९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जीवन बीमा कोषको आकार १० अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३२.८६ प्रतिशतले धेरे हो । यस्तो कोषको आकार अघिल्लो आवमा ७ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
५ अर्ब ८६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले गत वर्षमा ४ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधीमा कम्पनीको बीमा शुल्क आम्दानी करिब ६५ करोड रुपैयाँले बृद्धि गर्न सफल भएको छ । गत आवमा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो ।
कम्पनीले समीक्षा अवधीमा १ अर्ब ५७ करोड ९९ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । गत वर्ष कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ दावी भुक्तानी दिएको थियो ।
गत वर्षको मुनाफाका आधारमा कम्पनीको प्रतिसेयर आम्दानी ११.२२ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ । प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३६४.६० रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस