Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको नाफा करिब ४१ करोड, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, ११ : ३७ मा प्रकाशित

एशियन लाइफको नाफा करिब ४१ करोड, ईपीएस कति ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ४० करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो । 

कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आको भन्दा २४.५७ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल कम्पनीको महाविपत्तीकोषमा २७ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ८० करोड ५६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको दायरा समेत विस्तार गरेको छ । गत आवको अन्तिम त्रैमासिकसम्ममा कम्पनीले बीमा कोष १०.५२ प्रतिशतले बढाएर ४७ अर्ब ७ करोड पुर्याएको छ । अघिल्लो आवको सोही तुलनामा बीमा कोषमा ४२ अर्ब ५८ करोड रुपैयाँ सञ्चिती रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ९ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले ८१ करोड ७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले बीमा पोलिसी धितोमा राखी ५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको थियो । ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५.०५ रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको