Like us!
Follow us!
Connect us!
Watch us!

ओरिएण्टल इन्स्योरेन्सको नाफामा ८६ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १२ : ३० मा प्रकाशित

ओरिएण्टल इन्स्योरेन्सको नाफामा ८६ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार द ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफामा उच्च गिरावट देखिएको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ८६.०९ प्रतिशतले घटेको हो । 

गत आवमा कम्पनीले ८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५९ करोड ६१ लाख रुपैयाँ रहेको थियो । नाफासँगै कम्पनीको व्यवसायमा पनि गिरावट आएको छ । अघिल्लो वर्ष १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष १ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा ५.५२ प्रतिशतले कम हो । 

यता कम्पनीको कुल आम्दानी पनि १ अर्ब ७७ करोड रुपैयाँबाट घटेर १ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ भने कुल खर्च १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो वर्ष अभिकर्तालाई ६ करोड ३९ लाख रुपैयाँ कमिशन दिएकोमा गत वर्ष ६३.३३ प्रतिशत बढाएर १० करोड ४४ लाख रुपैयाँ कमिशन दिएको छ ।

यता कम्पनीको बीमा कोषको आकार भने उच्च दरले वृद्धि भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष कम्पनीको बीमा कोषको आकार १ अर्ब ९० करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ५७.२४ प्रतिशतको वृद्धि सहित झण्डै ३ अर्ब रुपैयाँ पुगेको छ । यो विदेशी कम्पनीको शाखा भएकाले चुक्ता पुँजी, प्रतिसेयर आम्दानी हुँदैन । कम्पनीको महाविपत्ति कोषमा ६ करोड ६८ लाख रुपैयाँ, जगेडा कोषमा ७ करोड २५ लाख रुपैयाँ र स्पेश रिजर्भमा १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको