Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, १० : १६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

यसका लागि ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ। तोकिएको समयभित्र निवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको