Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ प्रकाश पाण्डे पक्राउ

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, ११ : ०७ मा प्रकाशित

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ प्रकाश पाण्डे पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार पाण्डेलाई वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भएको आरोप लागेको छ।

काठमाडौंको रक्तकाली स्थायी ठेगाना भएका तथा हाल ललितपुरको मानभवनमा बसोबास गर्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको