Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १५ : २४ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकले यसअघि आफ्नो विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै असोज ९ गतेदेखि ३५ दिनको अवधि तोकेर कुल ८८ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेको थियो। तर आवेदन नपरेको कारणले अब सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो।

यसमा बैंकका संस्थापक सेयरधनीहरू बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायतले आवेदन दिन सक्नेछन्। आवेदन दिन इच्छुकले आगामी ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन बुझाउनुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको