Like us!
Follow us!
Connect us!
Watch us!

महिला उद्यमी महासंघका सदस्यलाई इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरुमा बिशेष छुट

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १६ : ०० मा प्रकाशित

महिला उद्यमी महासंघका सदस्यलाई इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरुमा बिशेष छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौताले नेपालका महिलालाई उद्यमशीलतामा आकर्षित गर्दै महिला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीबीच हस्ताक्षर गरी यो महिला व्यवसायिक सेवा औपचारिक रूपमा सुरू गरिएको छ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको