सेयर बजारमा आज मंगलबार सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।
त्यस्तै, आज होटल्स तथा टुरिज्मबाहेकका सबै इन्डेक्सहरुमा सामान्य बृद्धि भएको छ । बैंकिङ इन्डेक्स ०.५७ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत, म्यानुफाक्चरीङ इन्डेक्स ०.५२ प्रतिशतले बृद्धि भएका छन् । मंगलबार कुल कारोबार भएका कम्पनीहरुमध्ये १४२ वटाको सेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ६.९८ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोपावरका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस