Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरले भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, ०८ : ४८ मा प्रकाशित

रिभर फल्स पावरले भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

रिभर फल्स पावर लिमिटेडले लगानीकर्ताका लागि भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रदले पूँजी संरचना मजबुत बनाउने र ऋण भार कम गर्ने उद्देश्य लिएको छ।

कति हकप्रद सेयर निष्काशन हुँदैछ?

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ। यसको अर्थ, १ कित्ता सेयर बराबर १ कित्ता हकप्रद सेयर पाइनेछ। यसअनुसार कम्पनीले ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता हकप्रद सेयर (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ) जारी गर्नेछ।

कसले आवेदन दिन सक्ने?

यस प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरेको छ। त्यसअघिसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। आवेदन असोज १२ गतेसम्म दिन सकिनेछ।

रेटिङ्ग के छ?

केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP BB- (डबल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।

कहाँबाट आवेदन दिने?

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ।

निष्काशनपछि कम्पनीको पूँजी कति पुग्छ?

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

उठेको रकम कहाँ प्रयोग गर्ने?

कम्पनीले संकलन भएको रकम डाउन पिलुवा खोलामा आएको बाढी जस्ता विपरित परिस्थितिका कारण बढेको आयोजना लागत र त्यसअनुरूप बढेको बैंक ऋण कम गर्न प्रयोग गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको