Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर जारी

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ०७ : ४४ मा प्रकाशित

रिभर फल्स पावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर जारी

रिभर फल्स पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम चुक्ता पूँजी बराबर अर्थात १ कित्ता सेयरमा १ कित्ताको अनुपातमा हकप्रद सेयर ल्याउने निर्णय गरेको हो।

कित्ता र मूल्य

यस योजनाअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ। यसरी कम्पनीले ७० करोड रुपैयाँ बराबरको पूँजी जुटाउने लक्ष्य राखेको छ।

बुकक्लोज र आवेदन मिति

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २६ गते बुकक्लोज गरेको थियो। त्यसअघिसम्म अर्थात साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि असोज १२ गतेसम्म तोकिएको छ।

रेटिङ्ग मूल्याङ्कन

केयर रेटिङ्ग नेपालले रिभर फल्स पावरलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।

बिक्री प्रबन्धक र आवेदन सुविधा

प्रभु क्यापिटल लिमिटेड हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको भूमिकामा रहनेछ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी वा ‘मेरो सेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

पूँजीमा वृद्धि

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन र बाँडफाँट सम्पन्न भएपछि कम्पनीको चुक्ता पूँजी बढेर १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको