Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब - कुन बैंक कति धनी ?

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १५ : ४४ मा प्रकाशित

वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब - कुन बैंक कति धनी ?

वाणिज्य बैंकहरूको कुल सम्पत्ति बढ्ने क्रम जारी छ। पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको सम्पत्ति ८ खर्ब ७९ अर्ब रुपैयाँले बढेको छ। यो तथ्यांक वाणिज्य बैंकहरूले सार्वजनिक गरेका आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिएको हो। 

बैकहरुले सार्वजनिक गरेको विवरण अनुसार २० वाणिज्य बैंकको कुल सम्पत्ति ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।  बैंकहरुको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १२.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको सम्पत्ति ६८ खर्ब ९७ अर्ब ८३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

कुन बैंक कति धनी ?

गत वर्ष सबैभन्दा धेरै सम्पत्ति हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा बैंकको सम्पत्ति ६ खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.१० प्रतिशतले बढी हो। यो अवधिमा ग्लोबल आइएमईको सम्पत्ति करिब ८५ अर्ब रुपैयाँले बढेको हो। सम्पत्तिको आधारमा नबिल बैंक दोस्रो स्थानमा रहेको छ, जसको कुल सम्पत्ति ६ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। एक वर्षको अवधिमा बैंकको सम्पत्तिमा ८१ अर्बले बढेको हो। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको कुल सम्पत्ति ५ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्पत्ति ५ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। लक्ष्मी सनराइज बैंक र कुमारी बैंक दुवैको सम्पत्ति समान रूपमा ४ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ।

यस्तै, प्रभु बैंकको सम्पत्ति ४ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकको ३ खर्ब ९९ अर्ब,एनआईसी एशिया बैंकसँग ३ खर्ब ७८ अर्ब र हिमालयन बैंकसँग ३ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। एभरेष्ट बैंक, कृषि विकास बैंक र एनएमबि बैंकको सम्पत्ति क्रमशः ३ खर्ब ६५ अर्ब, ३ खर्ब ६२ अर्ब र ३ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ।

साथै, सिद्धार्थ बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ। त्यसैगरी, प्राइम बैंकको ३ खर्ब १७ अर्ब, सानिमा बैंकको २ खर्ब ६३ अर्ब, सिटिजन्स बैंकको २ खर्ब ४५ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब ३२ अर्ब, माछापुच्छ्रे बैंकको २ खर्ब १७ अर्ब र स्टान्डर्ड चार्टर्ड बैंकको कुल सम्पत्ति १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको