फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने तयारी अघि सारेको छ। यसका लागि कम्पनीले वार्षिक साधारण सभा असोज ७ गते ललितपुरको धापाखेलस्थित रजिष्टर्ड कार्यालयमा बोलाएको छ। कम्पनीको सञ्चालक समितिले भदौ १३ गते बसेको बैठकमार्फत सभाको मिति तय गरेको हो।
आगामी सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदनसँगै सो सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरिनेछ। साथै पूँजी वृद्धि भएपछि हकप्रद शेयर जारी गर्ने र आवश्यक कार्यान्वयनका लागि समितिलाई पूर्ण अधिकार दिने विषय पनि सभामा पेस गरिनेछ। त्यस्तै, नियामक निकायले निर्देशन दिएको खण्डमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषय पनि विशेष प्रस्तावमार्फत पारित गरिने कार्यक्रम रहेको छ।
सभामा अध्यक्षले आव २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। सो प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण जस्ता वित्तीय कागजातमाथि छलफल गरी अनुमोदन गर्ने तयारी छ। त्यससँगै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि बैठकले पारित गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस