Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला बीमा प्राधिकरणको अध्यक्ष ? १४ जना मैदानमा

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, ११ : २५ मा प्रकाशित

को बन्ला बीमा प्राधिकरणको अध्यक्ष ? १४ जना मैदानमा

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन परेको छ । पूर्व सचिवसम्मको आवेदन परेको प्राधिरकणको अध्यक्ष को बन्ला भन्ने अहिले चासोका साथ हेरिएको छ । 

केही समय अघि सरकारले शरद ओझालाई निलम्बन गरेपछि खाली रहेको अध्यक्षका लागि आवेदन माग गरेको थियो ।

गत शुक्रबारसम्ममा अध्यक्षका लागि १४ जनाको आवेदन परेको हो । अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सिफारिस समितिले प्रकाशन गरेको सूचीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङसहितका जिल्लाका उम्मेदवार परेका छन् ।

सार्वजनिक नामसूचीमा परेका उम्मेदवारहरूः

अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनामा सिफारिस समितिबाट छनोटका लागि आवेदन दिएकामध्ये योग्य उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको र आवश्यक प्रक्रिया पूरा गरी समितिले अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्ने जनाएको छ । अब यी १४ जनामध्ये सिफारिस समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ । र उक्त तीन नामबाट सरकारले एक जनालाई अध्यक्षमा नियुक्त गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको