Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणमा उजुरीको चाङ: १२० उजुरी दर्ता, फछ्र्यौटको अवस्था के छ ?

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १६ : ३३ मा प्रकाशित

बीमा प्राधिकरणमा उजुरीको चाङ: १२० उजुरी दर्ता, फछ्र्यौटको अवस्था के छ ?

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी विवादका निवेदन तथा उजुरीहरूको फछ्र्यौट कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । प्राधिकरणमा नेतृत्व नियुक्तिमा ढिलाइ भइरहेको भएपनि पछिल्लो समय रोकिएका तथा पेन्डिङमा रहेका मुद्दाहरूलाई शीघ्र समाधान गर्ने गरी सक्रियता बढाइरहेको हो ।

बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कुल १२० वटा मुद्दा दर्ता भएका छन् । समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा ८६ वटा र प्रदेश कार्यालयमा ३४ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४ सहित कुल ५१४ वटा मुद्दा रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा केन्द्रिय कार्यालयमा १४४ वटा र प्रदेश कार्यालयमा ९१ वटा गरि २३५ वटा मुद्धा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष २८७ र पुनरावेदनबाट आएका ३ मुद्धा गरी गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ५२५ वटा मुद्धा दर्ता भएका थिए ।

उजुरी फछर्यौट कति ?

नेपाल बीमा प्राधिकरणले चैत मसान्तसम्मको अवधिमा ८५ वटा मुद्दामा फैसला सुनाएको छ भने ३३ वटा मुद्दामा सहमतिबाट गरी कुल ११८ वटा उजुरी फछर्यौट भएका छन् । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा उजुरी फैसला र ४६ वटा मुद्दामा सहमति गरी १३१ वटा मुद्धा फछर्यौट गराएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक अनुसार कुल ३९६ वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३९४ वटा मुद्दाहरु फछ्र्यौट हुन बाँकी रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको