Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर,को कहाँ ?

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, १२ : १७ मा प्रकाशित

बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर,को कहाँ ?

नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धिका लागि भन्दै पाँच जना निर्देशकहरूको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिस बमोजिम यो नयाँ कार्यविभाजन लागू गरेका हुन् ।

नयाँ जिम्मेवारी अनुसार अबदेखि कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा र पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको कमाण्ड सम्हाल्नेछन्। यसअघि उनिहरू क्रमशः व्यवस्थापन र अनुसन्धान विभागमा कार्यरत  थिए । त्यसैगरी, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखाको जिम्मेवारी सुम्पिएको छ भने कमलप्रसाद रेग्मीलाई नियमन र शम्भराज लामिछानेलाई कानुन महाशाखाको नेतृत्व सुम्पिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको