Like us!
Follow us!
Connect us!
Watch us!

एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १४ : १५ मा प्रकाशित

एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त

प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोकको अवस्था झनै तनावपूर्ण बनेको छ।

सरकारले घोषणा गरेको कर्फ्यू प्रभावहीन देखिएको छ,किनभने प्रदर्शनकारीहरू अझ आक्रोशित रूपमा सडकमा उत्रिरहेका छन्।

कर्फ्यू लागू हुनु अघिको अवस्थाको तुलना गर्दा अहिले प्रदर्शन झनै उग्र बनेको छ। संसद् परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इँटा प्रहार गरिरहेको छ।प्रदर्शनकारीहरूले बानेश्वर चोकको कुनामा रहेको संसद् भवन परिसरमा पटक–पटक आगजनीको प्रयास गरेका छन्। भीड र भागदौडका क्रममा केही मानिसहरू घाइते भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको