Like us!
Follow us!
Connect us!
Watch us!

भदौ २३ र २४ मा ज्यान गुमाएका ५३ जनाका परिवारलाई ८ करोड राहत

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, १७ : ०२ मा प्रकाशित

भदौ २३ र २४ मा ज्यान गुमाएका ५३ जनाका परिवारलाई ८ करोड राहत

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ जनाका परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ। प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राहत वितरणका लागि अर्थ मन्त्रालयले कुल ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको हो। तर कारागारबाट भाग्ने प्रयासका क्रममा सुरक्षाकर्मीको गोलीबाट मारिएका कैदीबन्दी वा थुनुवा, साथै शवको पहिचान नखुलेका व्यक्तिहरूका परिवारलाई भने राहत उपलब्ध गराइएको छैन।

गृह मन्त्रालयको पत्रअनुसार, जेन–जी आन्दोलनमा मारिएका ५३ जनालाई ‘सहिद सरह’ राहत प्रदान गरिएको हो। तीमध्ये २३ भदौका प्रदर्शनमा प्रहरीको गोली लागी मृत्यु भएकाहरू र उपचारका क्रममा ज्यान गुमाएका, साथै २४ भदौमा फैलिएर हिंसात्मक बनेको प्रदर्शनमा मारिएका व्यक्तिहरूका परिवारहरू पनि समावेश छन्।

मन्त्रालयले थप जानकारी दिँदै पहिचान नखुलेका अन्य मृतकमध्ये कसैको मृत्यु आन्दोलनकै क्रममा भएको पुष्टि भएमा त्यसबेला उचित निर्णय गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको