बानेश्वर क्षेत्रमा जेन–जी आन्दोलनको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट घाइते भएका नागरिकहरूका कारण नजिकका अस्पतालहरू भरिभराउ छन्। सिभिल र एभरेस्ट अस्पतालमा दर्जनौं एम्बुलेन्समार्फत घाइतेहरू पुर्याइएका छन्।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस