संविधान संशोधन गर्ने र देशमा आमूल परिवर्तन ल्याउने हुँकारका साथ गठन भएको सरकार जनताका समस्या समाधान भन्दा पनि जनतामाथि थप निर्भम रुपमा प्रस्तुत भएको छ । अवस्था यतिसम्म पुगेको छ कि अब यो सरकार नेपाली जनताका लागि आवश्यक छ भन्नै नसकिने अवस्थामा पुगेको छ ।
राजावादी दलहरु र दुर्गा प्रसाईको आन्दोलनका क्रममा एक जना पत्रकार सहित दुई जनाको मृत्यु हुने देखि अहिले जेनजी पुस्ताको आन्दोलनसम्म आइपुग्दा केपी शर्मा ओलीको सरकार पूर्ण रुपमा निरंकुश बनिसकेको छ । जेनजी पुस्ताको आन्दोलन नेपालमा सामाजिक सञ्जाल संचालनमा लगाएको रोकका विरुद्धमा थियो । आन्दोलन हुने कुरा अघिल्ले दिन सरकारलाई जानकारी थियो । सरकारले उक्त आन्दोलनका विषयमा सुक्ष्म रुपमा अध्ययन नै गरेन वा गरेर पनि त्यसलाई रोक्नका लागि गर्नु पर्ने पूर्व तयारीका कुराहरुमा कुनै पनि ध्यान दिएको देखिएन् ।
अहिले सरकारले बानेश्वरमा जेनजी पुस्ताको रगतको होली खेलिरहेको छ । अहिलेको पुस्ताका विद्यार्थीहरुमाथि सरकारले निर्भम रुपमा दमन गरेको छ । जसबाट १४ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएको अवस्था छ । सोमबार बानेश्वरमा रगतको खोलो बगिरहँदा साढे ४ बजेसम्म पनि सरकारको तर्फबाट कुनै आधिकारी वक्तव्य समेत आएको छैन् । साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैंठक बोलाइएको छ । सडकमा जेनजी पुस्ताको रगतको खोलो बगिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यु लगाउने बाहेक अरु कुनै पनि विषयमा केही पनि प्रतिक्रिया आएको छैन । यदि नैतिकता हुने र इमानदार सरकार हुने हो भने यो बेलासम्म राजीनामा दिइसक्नु पर्ने थियो । त्यो नैतिकता त देखिएन देखिएन सेना परिचालन गरेको सरकारले गोली बर्साउने काम जारी राखेको छ । आफ्नै नागरिक मारेर कस्तो साशन गर्न खोज्दै छ यो सरकार ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस