नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी आन्दोलनमा सरकारले गरेको दमनप्रति कडा प्रतिक्रिया जनाएका छन्। सोमबारको घटनालाई उनले नेपालको इतिहासमा “कालो अक्षरले लेखिने दिन” भन्दै सरकारलाई सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै घिसिङले भनेका छन्, “देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनले होनहार युवा गुमाउनु परेको पीडाले मर्माहत भएको छु।”
उनले घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति संवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
घिसिङले जोड दिए, “जेनजी पुस्ताले उठाएका माग जायज छन्। यो आन्दोलन अब Gen Z मात्र नभई सम्पूर्ण नेपाली जनताको आन्दोलन बनेको छ।”
साथै उनले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै अभिव्यक्ति स्वतन्त्रताको अधिकार संरक्षण गर्न राज्य जिम्मेवार बन्नुपर्ने चेतावनी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस