Like us!
Follow us!
Connect us!
Watch us!

आरबिबि फोकस ४० को इकाई खरिदको आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ०७ : ३७ मा प्रकाशित

आरबिबि फोकस ४० को इकाई खरिदको आज अन्तिम मौका

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले भदौ १८ गतेदेखि निष्कासनमा ल्याएको आरबिबि फोकस ४० मा आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई गरी एक अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष बिक्री खुला गरिएको हो।


संस्थागत सुरक्षित कोटा
यो कोष अन्तर्गत कम्तीमा १ करोड ४० लाख इकाई (कुल इकाईको १४ प्रतिशत) राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित गरिएको छ। त्यस्तै योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि कम्तीमा १० लाख इकाई (कुल इकाईको १ प्रतिशत) छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।


न्यूनतम र अधिकतम आवेदन सीमा
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था छ। १२ वर्ष अवधिको यो योजना नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, मेरो सेयर प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ।


रेटिङ र लगानी योजना
इकाई निष्कासनको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबर्द्धकलाई ‘केयर एनपी ए प्लस’ इस्यूअर रेटिङ दिएको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ प्रदान गरेको छ।

यो योजना अन्तर्गत नेप्सेमा सूचीकृत कम्पनीहरूको आन्तरिक मूल्यांकन गरी प्रतिफल दिन सक्ने सम्भाव्य ४० कम्पनीलाई प्राथमिकतामा राखेर सेयर खरिद गरिने छ। तर, आवश्यकता अनुसार ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सकिने प्रावधान राखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको