नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको घटनापछि प्रधानमन्त्रीले तत्काल पदत्याग गर्नुपर्ने बताएका छन्। रातभर सुत्न नसकेको उल्लेख गर्दै उनले निर्दोष युवामाथि भएको गोलीकाण्डको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र अबिलम्ब पद छोड्नुपर्ने माग गरेका हुन्।
थापाले सामाजिक सञ्जालमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दै नेपाली कांग्रेसले यस्ता परिस्थितिमा सरकारमा रहने नैतिक आधार नभएको स्पष्ट पारेका छन्। उनका अनुसार कांग्रेसले अब यो दमनको सहयात्री बन्नु नहुने भएकाले तत्काल सरकारबाट फिर्ता हुनुपर्नेछ।
“अब कांग्रेस एक दिन पनि थप साक्षी वा साझेदारको हैसियतमा रहनुहुन्न, रहन सक्नुहुन्न,” भन्दै थापाले पार्टीको बैठकमार्फत् सरकारबाट बाहिरिने निर्णय गराउन पहल गर्ने घोषणा गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस