प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलहरूको संयुक्त बैठकले सोमबारको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकपश्चात् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सञ्चारकर्मीलाई जानकारी दिँदै घटनामा भएको जनहानि र व्यापक दमनको सम्पूर्ण जिम्मेवारी सरकार प्रमुखले लिनुपर्ने स्पष्ट बताएका हुन्।
उनले भने, “देशभरि उठेका युवाहरूको आवाजलाई सरकारले सुन्नेभन्दा पनि दमन गरेर दवाउने प्रयास गर्यो। यस्तो अवस्थामा प्रधानमन्त्रीले पदमार्फत नैतिक जिम्मेवारी लिँदै राजीनामा गर्नु अपरिहार्य छ।”
पुनले थपे, जनताले उठाएका मागलाई सम्बोधन गर्दै समाधानतर्फ अघि बढ्नु प्रधानमन्त्रीको कर्तव्य भएको र त्यसको पहिलो कदम पदत्याग नै हुने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस