पुतली सडक क्षेत्रबाट जेनजी आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरबारतर्फ अघि बढेका छन्। सोमबारको दमनमा १९ जनाको ज्यान गएको घटनापछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै आएका छन्।
पुतली सडकमा भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले घेरा बनाए पनि प्रदर्शनकारीहरूले त्यो तोडेर सिंहदरबारतर्फ प्रस्थान गरेका हुन्।
उनीहरूले सरकारविरुद्ध जोरदार नाराबाजी गर्दै भ्रष्टाचारको अन्त्य, जवाफदेहिता, र नेताहरूको राजीनामाको माग गरेका छन्। राजधानीका अन्य भागहरूमा पनि प्रदर्शन क्रमशः चर्किंदै गएको छ।
सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन थप बल परिचालन गरेको छ भने सडक यातायात प्रभावित भएको छ। घटनास्थल आसपास अहिले पनि उच्च तनाव कायम रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस