जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नगर्न आग्रह गर्दै सार्वजनिक अपील जारी गरेको छ। अपीलमा सरकार पहिले नै जनदबाबका अगाडि झुकेको र अब नयाँ राजनीतिक निकासको ढोका खुलेको उल्लेख गरिएको छ।
अपीलमा भनिएको छ,'अब देश हाम्रो नेतृत्वमा आएको छ। सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो। त्यसैले आन्दोलनमा सहभागी सबै साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं।'
नागरिक सरकार गठन र नयाँ राजनीतिक मार्गचित्रको तयारी भइरहेको अपीलमा भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस