Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीमा लुटपाट नियन्त्रणमा सेनाको सक्रियता, २१ जना पक्राउ

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, ०७ : ४७ मा प्रकाशित

राजधानीमा लुटपाट नियन्त्रणमा सेनाको सक्रियता, २१ जना पक्राउ

काठमाडौं उपत्यकामा बढ्दो तनावबीच केही समूहले अस्थिरतालाई अवसर बनाउँदै लुटपाट गरेको भन्दै नेपाली सेनाले कडा कारबाही थालेको छ। सेनाको कारबाहीमा काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट २१ जना पक्राउ परेका छन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भक्तपुरको राधेराधे नजिकै रहेको भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रमा सामान लुट्ने कार्यमा संलग्न व्यक्तिहरू नियन्त्रणमा लिइएका हुन्। यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट नगद तथा सामग्री लुटपाटमा संलग्न पाँच जनालाई समेत पक्राउ गरिएको सेनाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको