नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान परिस्थितिमा आवेगमा लिएर गरिने निर्णयले सही परिणाम नदिने चेतावनी दिएका छन्। उनले अहिलेको अवस्था इतिहासकै गम्भीर संकटको घडी भएको उल्लेख गर्दै देश र समाज गहिरो अस्थिरतामा रहेको बताए।
उनले भने,`हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौं । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौं । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउँदैन।’
उनले खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु रहेको बताए । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सपन्न गर्ने अठोट गर्न आह्वान गरे । जेन्जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।भट्टराईले हालको राजनीतिक घटनाक्रमबारे आफ्ना विचार सामाजिक सञ्जालमार्फत १० बुँदामा सार्वजनिक गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस