हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन–जीको माग संविधान खारेज नभई पुनर्लेखन गर्ने रहेको स्पष्ट पारे। उनका अनुसार जेन–जीको भावना समेटिने गरी अहिलेको संसद विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता छ।
`अन्तरिम सरकार हो । संविधान चाहिन्छ, खारेज नगर्ने । अरुले हस्तक्षेप हुन्छ । तर संविधान संशोधन हुनुपर्छ,’ उनले भने।
गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी योग्य र इमानदार व्यक्तिहरूलाई मन्त्री बनाउनु पर्ने सुझाव दिए। ‘पहिलो फिमेल प्रधानमन्त्री । नेपालीले इतिहास रचेको हो,’ उनले भने।
उनले आफूहरू प्रधानमन्त्रीको पदमा दाबी नगर्ने पनि बताए। ‘सरकार हामीलाई चाहिएको होइन । सरकारमा जादैनौं । चाहिएको भए प्रधानमन्त्री मलाइ भन्थे होला नि, होइन । हामीले परिर्वतन खोजेको हो । अब कुर्सीमा पुगेपछि घमण्ड नहोस् । अब हरेक नेपालीको आवाज सुनिन्छ,’ उनले भने।
जेन–जी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही नगरी छाड्ने नहुने चेतावनी पनि उनले दिए।‘परिवर्तन गर्दा गोली खाने देश हाम्रो ? हामीले मागेको सुशान त थियो । त्यति माग्दा गोली खानुपर्ने ?,’ उनले प्रश्न गरे। पार्टीहरुलाई उनले बुढा नेता नभइ नयाँ युवाले नेतृत्व गर्न पनि उनले आग्रह गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस